बुटवलका मेयर सुवेदीमाथि पहिरो पीडित युवाले गरे मुक्का प्रहार

 बुटवल असोज ४|




बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि कुटपिट भएको छ । बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकनका क्रममा स्थानीय एक युवाले सुवेदीलाई मुक्का प्रहार गरेका हुन् ।

सोमबार आज विहान पहिरो अवलोकन गर्न पुगेका सुवेदीहलाई स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए । सुवेदीको सुरक्षामा खटिएको नगर प्रहरीको टोलीले आक्रमण गर्ने युवालाई रोकेका थिए ।

भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

Comments

Popular posts from this blog

गुल्मीमा पहिराेले घर पुर्दा एकैघरका तीन जनाकाे मृत्यु

Notice for the tribhuwan university