कञ्चनपुरमा भारतीय तस्करको समूहबाट कुटिए सशस्त्र प्रहरी
धनगढी .२०७८ असोज ५
: कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहले निर्घात कुटपिट गरेको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका हुन्।
तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले तरस्करी नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको बताए।
सशस्त्र प्रहरीका केही जवानमाथि कुटपिट भएको छ,’ ऐरले दिनेशखबरलाई भने, ‘नियन्त्रणमा लिने प्रयास गरेका थियौँ तर सबै भागेका छन्।’ उनका अनुसार सोमबार राति ८ बजे नेपाल–भारत सीमा क्षेत्रमा उक्त घटना भएको हो।
Comments
Post a Comment