Lok shewa le vacancy na kholne


 

यो बर्ष लोकसेवाले परीक्षा नलिने, परीक्षाको तयारी गरिरहेका अब के गर्लान त ?


लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ। आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए आयोगमा रिक्त पदको विवरण नपठाउने भएको छ। यद्यपि मन्त्रालयले रिक्त पदमा विवरण संकलन भने सुरु गरेको छ। आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्छ। मन्त्रालयले पठाएको पदको आधारमा आयोगले विज्ञापन खुलाउने गर्छ।

संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउने कि नपठाने भन्नेबारे निर्णय नभएको बताए। तर मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने बताए। ‘परिस्थिति सहज नभएसम्म आयोगमा विवरण पठाउने सम्भावना कम छ,’ अधिकारीले भने, ‘तापनि हामी तयारी अवस्थामा बसेका छौं।’
मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले अत्यवाश्यकीय कामबाहेक अन्य अवस्थामा संगठन तथा व्यवस्थापन ओएनएम नगर्न निर्णय गरेको छ। सो मन्त्रिपरिषद् निर्णय आयोगमा विवरण पठाउने/नपठाउने विषयमा नजोडिने उनले दाबी गरे। आयोगले भने संघीय मन्त्रालयबाट रिक्त पदको विवरण आएमा विज्ञापन खुलाउने प्रस्ट पारेको छ।

आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले संघीय मन्त्रालयबाट रिक्त पदको विवरण आएमा आयोगले विज्ञापन खुलाउने बताइन्। ‘हामी तयारी अवस्थामा छौं, सरकारबाट रिक्त पदको विवरण आएमा विज्ञापन खुलाउँछौं,’ हुमागाईंले भनिन्। गत वैशाखमै सरकारले आयोगलाई सबै परीक्षा स्थगित गर्न आग्रह गरेको थियो। सरकारको आग्रहलाई मान्दै आयोगले प्रक्रिया अघि बढेको परीक्षाबाहेक अरू सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।(नागरिक दैनिकबाट ।

Comments

Popular posts from this blog

खुसीको खबर :- अब प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति हुँदै

Tribhuwan university faculty of science