देशभरीका वडा-वडामा छापेर टासियो त्रिविको सूचना, हेर्न छुटाए कक्षा र परीक्षा छुट्ने [सूचनासहित]
देशभरीका वडा-वडामा छापेर टासियो त्रिविको सूचना, हेर्न छुटाए कक्षा र परीक्षा छुट्ने [सूचनासहित]
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न अनुरोध यसअघि नै औपचारिक सूचना निकालेर अपिल गरिसकेको छ । अब त्रिविका कक्षा अनलाइनबाट र परीक्षापनि इमेल मार्फत बैकल्पिक विधिबाट गर्ने तयारी स्वरुप त्रिविले इमेल मार्फत विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न अनुरोध गरेको थियो । तर यसरी एकदमै कम संख्यामा विद्यार्थी सम्पर्कमा आएकाले अब त्रिविले कानूनी प्रक्रिया अघि बढाएको छ ।
देशभरीका स्थानीय पालिकाका वडा–
वडामा सूचना टाँस गर्ने त्यो सूचनापनि बेवास्ता गरे त्यस्ता विद्यार्थीको परीक्षा र पढाई छुटेमा त्रिवि जवाफदेही नहुनेगरी अघि बढेको छ । त्यसका लागि त्रिविले देशभरीका सबै वडालाई पत्र पठाई सकेको छ । त्रिविको पत्र पाएपछि सबै वडाले सूचना प्रकाशन गरेर आफ्नो टोलका सार्वजनिक स्थलमा टाँसिरहेका छन् । यसरीपनि विद्यार्थी सम्पर्कमा नआए उनीहरुको पढाई र परीक्षा छुट्दा त्रिवि जवाफदेही नहुँने त्रिविका एक अधिकारीले स्पष्ट पारेका छन् ।

विद्यार्थी भाईबहिनीहरुको भविष्यको सवाल रहेकाले जो जसले यो सूचना देख्नुहुन्छ सक्दो सेयर गर्नुहोला । यो सूचना एउटा वडाको हो । यही नमुनाका सूचना हरेक वडाले छापेर टाँस गरिरहेका छन् ।
Comments
Post a Comment