दुइमहिनामा गठवन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेन : वरिष्ठ नेता महतो

 

दुइमहिनामा गठवन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेन : वरिष्ठ नेता महतो






जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले दुइमहिना भइसक्दा पनि मन्त्रीमण्डल विस्तार हुन नसक्नुले गठवन्धनको एकजुटतामाथि प्रश्नचिन्ह खडा भएको बताएका छन ।र्कामले विहिवार जनकपुरधाम पुगेका नेता महतोले जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै वर्तमान सरकारको मन्त्रीमण्डल विस्तार हुन नसक्नुमा गठवन्धनको कमीकमजोरीले भएको बताए ।

उनले भने,यसको सरकारी पक्षले जवाफ दिनुपर्ने छ,यो राष्टका लागि पक्कै राम्रो कुरा भएको छैन । उनले लोसपा सरकारमा जाने कुरा अहिले कुनै सोच नवनाएको वताए । गठवन्धमा आफै पुर्णता नपाएको अवस्थामा लोसपा सरकारमा जाने कुरा सोच्नु हास्याप्रद रहेको बताए । उनले भने सरकारलाई हाम्रो समर्थन वाहिरबाट छदैछ,हाम्रो माग र मुद्दा सम्वोधन गरयो भने सरकार बाहिरबाट पनि सहयोग र समर्थन जारी रहने छ ।

पुर्वमन्त्री समेत रहेका नेता महतोले एमसीसी संसदमा नआएसम्म एमसीसीको विषयमा लोसपाले कुनै पनि आधिकारीक धारणा नराख्ने बताउदै संसदमा आएपछि यस विषयमा वताउने जिकीर गरे । उनले विकास निमार्णकालागि ल्याइएको योजनालाई राष्ट र जनताको हितमा सरकारले प्रयोग गर्नुपर्ने धारणा राखे ।

महतोले सरकारले नेपाल भारतको सिमा खुल्ला गर्न निर्णय गरेपनि अहिले सीमा नखुल्नु सरकारकै कमजोरी रहेकोले नेपाल भारतविचको बेटीरोटीको नातालाई जोगाउनका लागि यसप्रति ध्यान दिनु आवश्यक रहेको समेत टिप्पणी गरेका थिए ।

Comments

Popular posts from this blog

खुसीको खबर :- अब प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति हुँदै

Tribhuwan university faculty of science