कर्णालीका स्थानीय तहमा देउवा पक्ष बलियो
कर्णालीका स्थानीय तहमा देउवा पक्ष बलियो सुर्खेत । कर्णाली १० मध्ये केही जिल्लामा नेपाली कांग्रेसको १४औं महाधिवेशनका स्थानीय तहका प्रतिनlधि छानिने क्रम जारी छ । केही जिल्लामा स्थानीय तहका प्रमुख पदाधिकारीका लागि निर्वाचन भइरहेको छ । कर्णालीका सल्यान, कालिकोट र दैलेख जिल्ला स्थानीय तहमा कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भएको छ । कालीकोट, दैलेखमा देउवा मजबुत देखिएका छन् भने सल्यानमा बराबर स्थानीय तहमा दुवै पक्षले पाएका छन् । कालीकोटका नौ स्थानीय तहमध्ये पाँचवटामा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धीरा बम (महिला), तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ। यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ । रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिका नेतृत्व चयन हुन बाँकी छ । त्यस्तै दैलेखका ११ स्थानी...