Posts

आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) शुरु

Image
  काठमाडौँ  असोज ५ आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) शुरु ।प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो । कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन...

कञ्चनपुरमा भारतीय तस्करको समूहबाट कुटिए सशस्त्र प्रहरी

  धनगढी .२०७८ असोज ५  : कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहले निर्घात कुटपिट गरेको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका हुन्। तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले तरस्करी नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको बताए।  सशस्त्र प्रहरीका केही जवानमाथि कुटपिट भएको छ,’ ऐरले दिनेशखबरलाई भने, ‘नियन्त्रणमा लिने प्रयास गरेका थियौँ तर सबै भागेका छन्।’ उनका अनुसार सोमबार राति ८ बजे नेपाल–भारत सीमा क्षेत्रमा उक्त घटना भएको हो। 

बुटवलका मेयर सुवेदीमाथि पहिरो पीडित युवाले गरे मुक्का प्रहार

Image
  बुटवल असोज ४| बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि कुटपिट भएको छ । बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकनका क्रममा स्थानीय एक युवाले सुवेदीलाई मुक्का प्रहार गरेका हुन् । सोमबार आज विहान पहिरो अवलोकन गर्न पुगेका सुवेदीहलाई स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए । सुवेदीको सुरक्षामा खटिएको नगर प्रहरीको टोलीले आक्रमण गर्ने युवालाई रोकेका थिए । भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

Online exam of tribhuwan universityTribhuwan

Image
  Undergraduate and postgraduate examinations begin with this method In nepali बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । स्नातकोत्तर तहका लागि अनलाइन र स्नातकका लागि पुरानै विधिबाट विद्यार्थीको अनुकूलताअनुसारका स्थानमा बसेर जाँच दिने व्यवस्था मिलाएको हो । एउटा परीक्षा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी परीक्षा सुरु गरिएको विश्वविद्यालयले जनाएको छ । बुटवलको नवीन औद्योगिक माविमा परीक्षा दिँदै लुम्बिनी बौद्ध विश्वविद्यालयका बीएएलएलबीका विद्यार्थी । तस्बिर स् अमृता अनमोल उक्त विश्वविद्यालयअन्तर्गत स्नातक तहमा बीबीटीटीएम, बीएएलएलबी र भोट भाषा छन् । एमएका सबै विषयको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरेर सञ्चालन गरिएको विश्वविद्यालयका रजिस्ट्रार डा। तिलक आचार्यले बताए । ‘कोरोना संक्रमणको असर कहिलेसम्म हुन्छ भन्ने निश्चित भएन । विश्वविद्यालयले अहिले रूपन्देही र काठमाडौंमा मात्र कक्षा सञ्चालन गरेको छ । परीक्षा सञ्चालनका लागि भने रूपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौ...

Examination board collecting details of class 12 students

Image
  कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड २७ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो । विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्नु पर्नेछ । कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालय भन्दा टाढा रहेका विद्यार्थीले मात्रै हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाई हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्नेछ । कोभिड-१९ का कारण यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन सकेन भने कक्षा ११ को वाषिर्क परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएको छ । तर शिक्षा ऐन अनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भईरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । म...

शिक्षा मन्त्रालयले असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने !

Image
  शिक्षा मन्त्रालयले असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने ! २६ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १९ भदौमा पारित विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने उल्लेख छ  यो निर्देशिका १ असोजबाट अनिवार्य कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकाय र सरोकारवालालाई निर्देशन दिइसकेको छ । मन्त्रालयद्वारा जारी निर्देशिका कार्यान्वयन सम्बन्धी सूचनामा राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरू हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो उमेर अनुकुल सिक्ने वातावरण सिर्जना गर्नका लागि तिनै तहका सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने भनिएको छ । विद्यालय र विद्यार्थीहरूले इन्टरनेट महँगो भएर अनलाइन कक्षा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो । काठमाडौं, डिल्लीबजारस्थ...

देशभरीका वडा-वडामा छापेर टासियो त्रिविको सूचना, हेर्न छुटाए कक्षा र परीक्षा छुट्ने [सूचनासहित]

Image
 देशभरीका वडा-वडामा छापेर टासियो त्रिविको सूचना, हेर्न छुटाए कक्षा र परीक्षा छुट्ने [सूचनासहित] काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न अनुरोध यसअघि नै औपचारिक सूचना निकालेर अपिल गरिसकेको छ । अब त्रिविका कक्षा अनलाइनबाट र परीक्षापनि इमेल मार्फत बैकल्पिक विधिबाट गर्ने तयारी स्वरुप त्रिविले इमेल मार्फत विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न अनुरोध गरेको थियो । तर यसरी एकदमै कम संख्यामा विद्यार्थी सम्पर्कमा आएकाले अब त्रिविले कानूनी प्रक्रिया अघि बढाएको छ । देशभरीका स्थानीय पालिकाका वडा– वडामा सूचना टाँस गर्ने त्यो सूचनापनि बेवास्ता गरे त्यस्ता विद्यार्थीको परीक्षा र पढाई छुटेमा त्रिवि जवाफदेही नहुनेगरी अघि बढेको छ । त्यसका लागि त्रिविले देशभरीका सबै वडालाई पत्र पठाई सकेको छ । त्रिविको पत्र पाएपछि सबै वडाले सूचना प्रकाशन गरेर आफ्नो टोलका सार्वजनिक स्थलमा टाँसिरहेका छन् । यसरीपनि विद्यार्थी सम्पर्कमा नआए उनीहरुको पढाई र परीक्षा छुट्दा त्रिवि जवाफदेही नहुँने त्रिविका एक अधिकारीले स्पष्ट पारेक...

खुसीको खबर :- अब प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति हुँदै

Image
  खुसीको खबर :- अब प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति हुँदै मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेशबाटै स्थायी कर्मचारी नियुक्ती थालिएको छ। ५ नम्बर प्रदेशको लोकसेवा आयोगले कर्मचारी छनोट प्रक्रिया थालेको हो। ५ नम्बर प्रदेशको मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य र इन्जिनियरिङ सेवाका रिक्त पदमा खुल्ला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेसँगै प्रदेशबाटै स्थायी नियुक्ति प्रक्रिया अघि बढेको हो । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौँ ४९, नर्सिङ अधिकृत सातौँ ११, फिजिओथेरापिस्ट सातौँ पाँच र मेडिकल ल्याब टेक्नोलोजी सात जना गरी ७२ जना रहेका छन् भने इञ्जिनीयरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल पाँच, सिँचाइ आठ, सेनेटरी एक, बिल्डिङ आर्किटेक्टर १३, मेकानिकल पाँच, इन्जिनियर सिभिल दुई र हाइड्रो जिओलोजिस्ट एक जना गरी ५३ जना रहेका छन् । प्रदेश लोकसेवाले लोकसेवाले पहिलो पदपूर्तिमा १२५ जना प्राविधिक पदमा खुला आवेदन गर्ने तयारी थालेको छ। प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतमका अन...

Notice for the tribhuwan university

Image
 त्रिविले भर्खरै प्रकाशित गर्यो यस्तो अति जरुरी सूचना [सूचनासहित] काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक महत्वपूर्ण सूचना जारी गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई ध्यानमा राखेर त्रिविले नयाँ सूचना जारी गरेको हो । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।” उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ । चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने नियन्त्रक जोशीले बताए । सेमेष्टर परीक्षामा भर्चुअल माध्यमबाट परीक्षा लिने बहस पनि छ । तर धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव देखिएको छैन । परीक्षा नियन्त्रक जोशीले भने, डिन...

Lok shewa le vacancy na kholne

Image
  यो बर्ष लोकसेवाले परीक्षा नलिने, परीक्षाको तयारी गरिरहेका अब के गर्लान त ? August t 31, 2020 Admin Leave A Comment On यो बर्ष लोकसेवाले परीक्षा नलिने, परीक्षाको तयारी गरिरहेका अब के गर्लान त ? लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ। आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए आयोगमा रिक्त पदको विवरण नपठाउने भएको छ। यद्यपि मन्त्रालयले रिक्त पदमा विवरण संकलन भने सुरु गरेको छ। आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्छ। मन्त्रालयले पठाएको पदको आधारमा आयोगले विज्ञापन खुलाउने गर्छ। संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउने कि नपठाने भन्नेबारे निर्णय नभएको बताए। तर मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने बताए। ‘परिस्थिति सहज नभएसम्म आयोगमा विवरण पठाउने सम्भावना कम छ,’ अधिकारीले भने, ‘तापनि हामी तयारी अवस्था...